लेख विवरण

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेश राष्ट्रिय टिम काठमाडौं आइपुग्यो

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेश राष्ट्रिय टिम काठमाडौं आइपुग्यो

काठमाडौं, भदौ १८ – नेपालसँगका मैत्रीपूर्ण फुटबल खेलहरू खेल्न बंगलादेशको राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरे।

नेपालले बंगलादेशसँग भदौ २० र २३ गते (सेप्टेम्बर ६ र ९) दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। दुवै खेल साँझ ५:३० बजे सुरु हुनेछन्।

खेलको टिकट खल्ती डिजिटल प्लेटफर्ममार्फत खरिद गर्न सकिने एन्फाले जानकारी दिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.