मनाङ मर्स्याङ्दी क्लबको शानदार जित, नेपाल पुलिस एफसी २–० ले पराजित
काठमाडौं, भदौ १७ –
एन्फा यू-१६ युथ लिग २०२५ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा मनाङ मर्स्याङ्दी क्लब (MMC) ले उत्कृष्ट प्रदर्शन गर्दै नेपाल पुलिस एफसीलाई २–० ले पराजित गरेको छ।
मनाङ मर्स्याङ्दीका खेलाडीहरूले खेलको सुरुदेखि नै दबदबा कायम राख्दै दुवै हाफमा एक–एक गोल गरेका थिए। बलियो मिडफिल्ड र चाँडो काउन्टर अट्याकका कारण उनीहरूले सहज जीत निकालेका हुन्।
नेपाल पुलिस एफसीले पनि केही अवसर सिर्जना गरे पनि तीलाई गोलमा परिणत गर्न सकेन। मनाङ मर्स्याङ्दीको रक्षापंक्ति र गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई गोल रहित राख्न सफल भए।
यो जितसँगै मनाङ मर्स्याङ्दी क्लबले अंक तालिकामा थप तीन अंक जोडेको छ भने नेपाल पुलिस एफसीले महत्वपूर्ण खेलमा हार ब्यहोरेको छ।

टिप्पणी लेख्नुहोस्