लेख विवरण

एन्फा महिला लिग छनोटमा राप्ती एफसीको रोमाञ्चक जित

एन्फा महिला लिग छनोटमा राप्ती एफसीको रोमाञ्चक जित

काठमाडौं, भदौ १७ –
एन्फा महिला लिग छनोट प्रतियोगिता २०२५ अन्तर्गतको खेलमा राप्ती एफसी ले कडा प्रतिस्पर्धाबीच चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

राप्ती एफसीका खेलाडीहरूले पहिलो हाफमै अग्रता लिँदै खेलमा आत्मविश्वासका साथ प्रदर्शन गरे। यद्यपि चर्च ब्वाइज युनाइटेडले दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएको थियो, तर राप्तीले आफ्नो अग्रता जोगाउन सफल रहँदै खेल २–१ को नतिजामा जित्न सफल भयो।

यो जितसँगै राप्ती एफसी लिग छनोटमा अगाडि बढ्न बलियो स्थिति बनाउँदैछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.