एपीएफको सानदार जित, त्रिभुवन आर्मी एफसी ३–० ले पराजित
काठमाडौं, भदौ १७ –
एन्फा यू-१६ युथ लिग २०२५ अन्तर्गतको रोमाञ्चक खेलमा एपीएफ एफसी ले उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन आर्मी एफसीलाई ३–० को स्पष्ट अन्तरले पराजित गरेको छ।
एपीएफका खेलाडीहरूले सुरुवातदेखि नै दबदबा कायम राख्दै तीन गोल गर्दै खेलमा सहज जित निकाले। त्रिभुवन आर्मीले केही अवसर सिर्जना गरे पनि एपीएफको रक्षा र गोलकिपिङ बलियो देखियो।
यो जितपछि एपीएफले लिगको शीर्ष स्थानमा आफूलाई मजबुत बनाएको छ भने त्रिभुवन आर्मी एफसीले महत्वपूर्ण अंक गुमाएको छ।

टिप्पणी लेख्नुहोस्