लेख विवरण

अनलाइन बेटिङ एप प्रमोशन मामिलामा शिखर धवन ८ घण्टा ईडीको सोधपुछमा

अनलाइन बेटिङ एप प्रमोशन मामिलामा शिखर धवन ८ घण्टा ईडीको सोधपुछमा

नयाँ दिल्ली, भदौ १९ — भारतीय क्रिकेट टोलीका पूर्व ओपनर शिखर धवन अनलाइन बेटिङ एप वन एक्स बेटको प्रमोशनसम्बन्धी मुद्दामा बिहीवार (सेप्टेम्बर ४) भारतको प्रवर्तन निर्देशनालय (इडी) समक्ष पूछताछका लागि उपस्थित भएका छन्।

धवन बिहान ११ बजे दिल्लीस्थित इडी मुख्यालय पुगेका थिए र बेलुकी ७ बजे उनीलाई रिलिज गरिएको थियो। उनीसँग करिब ८ घण्टा लामो सोधपुछ गरिएको हो।

यस मुद्दामा ईडीले यसअघि नै पूर्व क्रिकेटरहरू सुरेश रैना, हरभजन सिंह र युवराज सिंहसँग पनि सोधपुछ गरिसकेको छ।

धवनमाथि हालको मुद्दा प्रवर्तन निर्देशनालयको छानबिन अन्तर्गत पर्छ, जसमा अनलाइन बेटिङ कम्पनीवन एक्स बेटका प्रचारमा संलग्नता देखिएको आरोपमा विभिन्न सेलिब्रिटीहरूलाई बोलाइँदैछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.