एन्फा यू-१६ युथ लिग २०२५ : मछिन्द्र एफसीको जित, चर्च ब्वाइज युनाइटेड पराजित
काठमाडौँ, भदौ १९ — एन्फा यू-१६ युथ लिग २०२५ अन्तर्गतको खेलमा मछिन्द्र एफसी ले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्न सफल भएको छ।
खेलमा दुवै टोली आक्रामक शैलीमा प्रस्तुत भएका थिए। चर्च ब्वाइज युनाइटेडले खेलको सुरुवातमै अग्रता लिए पनि मछिन्द्रले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल फर्कायो र जित सुनिश्चित गर्यो।
मछिन्द्रका खेलाडीहरूले दोस्रो हाफमा विशेषतः मिडफिल्ड र आक्रमणमा दबाब कायम राख्दै विपक्षीको रक्षापंक्तिमा कमजोरीको फाइदा उठाए।
यो जितसँगै मछिन्द्र एफसीको अंक तालिकामा स्थिति मजबुत बनेको छ भने चर्च ब्वाइज युनाइटेडका लागि अबको खेलहरू अझ चुनौतीपूर्ण हुने देखिएको छ।

टिप्पणी लेख्नुहोस्