लेख विवरण

हैदर अलीलाई लन्डन अदालतबाट राहत, बलात्कार आरोपमा प्रमाण नपाएपछि निर्दोष ठहर

हैदर अलीलाई लन्डन अदालतबाट राहत, बलात्कार आरोपमा प्रमाण नपाएपछि निर्दोष ठहर

लन्डन / इस्लामाबाद, भदौ १९ — पाकिस्तानी क्रिकेटर हैदर अलीमाथि ब्रिटेनमा लागेको बलात्कारको गम्भीर आरोपमा अन्ततः लन्डनस्थित अदालतले प्रमाण अभावका कारण निर्दोष ठहर गरेको छ।

२२ वर्षीय हैदर अलीलाई गत महिना इङ्ग्ल्यान्डमा पाकिस्तान शाइन टिमको सदस्यका रूपमा खेलिरहेको बेला एक ब्रिटिश–पाकिस्तानी महिलाले बलात्कारको आरोप लगाएकी थिइन्।

उनीमाथि आरोप लागेपछि ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई गिरफ्तार गरेको थियो। त्यसयता उनी एक महिनासम्म लन्डनको जेलमा थुनामा रहेका थिए।

लन्डनको अदालतमा सुनुवाइपछि न्यायाधीशले यो मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै हैदर अलीलाई निर्दोष करार गरेका हुन्। अदालतले उनको पासपोर्ट फिर्ता गर्ने आदेश दिएको छ र अब उनी स्वतन्त्र रूपमा यात्रा गर्न सक्ने छन्।

ब्रिटिश–पाकिस्तानी महिलाले आरोप लगाएकी थिइन् कि २३ जुलाई २०२५ का दिन उनी म्यानचेस्टरको एक होटलमा हैदर अलीसँग भेटिएकी थिइन्, जहाँ उनले बलात्कार गरेका थिए।

हैदर अलीले सो आरोपलाई सुरु देखिनै अस्वीकार गर्दै आएका थिए। उनीको कानुनी प्रतिनिधित्व बैरिस्टर मोइन खानले गरेका थिए।

घटनापछि हैदर अलीलाई पाकिस्तान क्रिकेट बोर्डले अस्थायी रूपमा राष्ट्रिय टिमबाट बाहिर गरेको थियो।

हालै निर्दोष सावित भएपछि अब उनीको पुनः टिममा फर्कने सम्भावना बढेको छ।

हैदर अलीको क्रिकेट करियर

  • इंटरनेशनल डेब्यु: सन् २०२० मा

  • टी-२० अन्तर्राष्ट्रिय खेल: ३५

  • कुल रन: ५०५

  • भूमिका: टप–अर्डर ब्याट्सम्यान

हैदरलाई पाकिस्तानको भविष्यका सम्भावनाशील युवा ब्याट्सम्यान मानिन्छ।

हाल हैदर अली निर्दोष ठहर भए पनि यो घटनाले उनको करियर र व्यक्तिगत जीवनमा ठूलो प्रभाव पारेको छ। अब हेर्न बाँकी छ कि पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) उनलाई कहिले र कसरी पुनः राष्ट्रिय टिममा समावेश गर्छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.