सनी सम्मानित
काठमाडौंँ । सिम्रिक युवा क्योकुसिन कराते डो-वज्रले २५ औं दक्षिण एसियाली अन्तर्राष्टिूय फुल कन्ट्याक्ट कराते खुला प्रतियोगिताका स्वर्ण विजेता सनी सिंलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
सनीलाई नगद १० हजारसहित सम्मान गरिएको हो । काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धर र सिम्रिकका अध्यक्ष पुष्पमान मानन्धर सनीलाई एक कार्यक्रमबीच सम्मान गरे ।
श्रीलंकामा गत साउन ११ गते भएको प्रतियोगितामा सनीले २० खेलाडी सहभागी खुला तौलसमूहमा ४ खेलाडीलाई पराजित गरी स्वर्ण जितेको अध्यक्ष पुष्पमानले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्