लेख विवरण

सफल र सांग्रिला पहिलो

सफल र सांग्रिला पहिलो

काठमाडौंँ । अल्कापुरी हाइ स्कुलका सफल पुन र काठमाडौं महानगरपालिका वडा ५ की सांग्रिला श्रेष्ठ डबली सर्किट रनमा शनिबार पहिलो भएका छन् । सफल पुरुषको ३ किलोमिटर तथा सांग्रिला महिलाको २ किलोमिटर दूरीमा पहिलो भएका हुन् ।

सफलले निर्धारित दूरी ११ मिनेट ३४.८ सेकेन्डमा पूरा गरे । अनमोल ज्योतिका अविरलबहादुर सिंह (११ मिनेट ५१.५ सेकेन्ड) दोश्रो तथा काठमाडौं इङलिस स्कुलका तीर्थराज उपाध्याय (१२ मिनेट ४.१ सेकेन्ड) तेश्रो भए ।

सांग्रिलाले निर्धारित पूरा गर्न ९ मिनेट ५२.७ सेकेन्ड समय खर्चिन् । टंगाल माविकी उमा बम (९ मिनेट ५५.३ सेकेन्ड) दोश्रो तथा श्री शिव नरसिंह शिक्षालयकी अशियर तामाङ (१० मिनेट २०.९ सेकेन्ड) तेश्रो बने ।

दुवै समूहमा शीर्ष तीन स्थानमा रहनेले क्रमशः १२ हजार, ९ हजार र ६ हजार नगद पुरस्कार प्राप्त गरे । चौथोदेखि दशौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई आयोजक काठमाडौं महानगरपालिका वडा. ५ का अध्यक्ष विनोद प्रजापति, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नर दे जिवन्त हाँंडीगाउँको सह-आयोजना तथा गोरखा रनर्स क्mलबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा २ सय ६५ खेलाडी सहभागी थिए । दौड गहना खोज्ने पोखरी हाताबाट सुरु भइ त्यही आएर टुंगिएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.