लेख विवरण

इडब्ल्युभिएलमा काठमाडौँ स्पाइकर्सको पहिलो जित, मधेश युनाइटेडलाई ३–१ ले हरायो

इडब्ल्युभिएलमा काठमाडौँ स्पाइकर्सको पहिलो जित, मधेश युनाइटेडलाई ३–१ ले हरायो

काठमाडौँ, भदौ २२ गते — पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा काठमाडौँ स्पाइकर्सले पहिलो जित दर्ता गरेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार सम्पन्न खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो।

काठमाडौँले पहिलो सेट २६–२४ ले जिते पनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो। तर, त्यसपछि लगातार तेस्रो र चौथो सेट २५–२२ र २५–१९ ले आफ्नो पक्षमा पार्दै काठमाडौँले शानदार जित निकालेको हो।

यसअघि काठमाडौँ स्पाइकर्स ललितपुर क्विन्ससँग पराजित भएको थियो। मधेश युनाइटेडले पनि ललितपुरसँग हार व्यहोरेको थियो भने पोखरा निन्जाजलाई पराजित गरेको थियो।

एभरेस्ट महिला भलिबल लिगमा ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिता लिग चरणको फारम्याटमा सञ्चालन हुँदैछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.