लेख विवरण

"सजिलो थिएन, तर सम्भव बनायौं": करण केसीको प्रतिक्रिया

काठमाडौं – नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएपछि देशभित्र र बाहिरबाट शुभकामनाहरूको ओइरो लागेको छ।

यही सन्दर्भमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसीले पनि भावुक प्रतिक्रिया दिएका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत करण केसीले लेखेका छन्: "सजिलो थिएन, तर सम्भव बनायौं । छोटो समयमा ठूलो सफलता हासिल गरेका छौं हामी नेपालीले।"

उनले अन्तरिम प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीज्यूलाई बधाई दिँदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै, यो ऐतिहासिक उपलब्धिका लागि सम्पूर्ण नेपाली जनतालाई बधाई दिँदै, विशेषगरी परिवर्तनको अगुवाइ गर्ने "Gen Z पुस्ता"लाई विशेष धन्यवादसमेत दिएका छन्।

नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले देशलाई नयाँ मोडमा पुर्‍याएको छ। यसै क्रममा अन्तरिम सरकारको गठन भएको हो, जसले दीर्घकालीन समाधानतर्फ अग्रसर हुने आशा जनाइएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.