लेख विवरण

नेपालकी पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीलाई सन्दीप लामिछानेबाट बधाई र शुभकामना

नेपालकी पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीलाई सन्दीप लामिछानेबाट बधाई र शुभकामना

काठमाडौं – नेपालको इतिहासमा पहिलोपटक एक महिला प्रधानमन्त्री बनेकी छिन्। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई हालै मुलुकको नेतृत्व सुम्पिएसँगै देशले नयाँ अध्यायमा प्रवेश गरेको छ।

यस ऐतिहासिक घडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बधाई र शुभकामनाहरू व्यक्त भइरहेका छन्।
नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सन्दीपले लेखेका छन्, "उहाँको नेतृत्वले मुलुकलाई स्थायित्व, समृद्धि र आशाको नयाँ बाटोतर्फ डो-याओस् भन्ने विश्वास गर्दछौं।"
साथै, राष्ट्रपतिज्यूको दूरदर्शी निर्णय, सेनाप्रमुख आशोकराज सिग्देल र सुरक्षाकर्मीहरूको संयमतापूर्ण भूमिकाको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिएको छ।

सन्देशमा हालै सम्पन्न आन्दोलनको सन्दर्भ पनि जोडिएको छ। लामिछानेले आन्दोलनका क्रममा सहादत प्राप्त आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उक्त आन्दोलनलाई "इतिहासकै साहसी Gen Z पुस्ताको बलिदान, आवाज र साहस" को उपज भनेर उल्लेख गरिएको छ।
सन्दीपले भनेका छन्: "अब त्यस सपनालाई साकार पार्दै दिगो भविष्यतर्फ सबै मिलेर अघि बढौं। जय नेपाल।"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.