एन्फाद्वारा नेपालको प्रथम महिला प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई
काठमाडौं, भदौ २७ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नुभएकी सम्माननिय श्री सुशिला कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
एन्फाले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, "नेपालको राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएकोमा हामी सम्माननिय सुशिला कार्कीज्यूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं।" साथै, संघले उनको कार्यकाल सफल, प्रभावकारी र देश तथा जनताको हितमा रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ।
नेपालको खेलकुद क्षेत्र, विशेष गरी फुटबल, ले नयाँ नेतृत्वबाट सकारात्मक परिवर्तनको अपेक्षा राखेको एन्फाको भनाइ छ। "हामी विश्वास गर्दछौं कि उहाँको नेतृत्वमा खेलकुद क्षेत्र विशेष प्राथमिकतामा पर्न जानेछ," विज्ञप्तिमा उल्लेख गरिएको छ।
सम्माननिय सुशिला कार्की पूर्व प्रधानन्यायाधीश समेत रहेकी महिला व्यक्तित्व हुन्, जसले न्यायालयमा ऐतिहासिक निर्णयहरू गरेर ख्याति कमाएकी थिइन्। अब राजनीतिक नेतृत्वको शीर्षस्थानमा पुग्दा सम्पूर्ण राष्ट्रले महिला सशक्तिकरणको नयाँ अध्याय प्रारम्भ भएको ठानेका छन्।


टिप्पणी लेख्नुहोस्