लेख विवरण

सुशीला कार्कीलाई चितवन राइनोजको बधाई :

सुशीला कार्कीलाई चितवन राइनोजको बधाई : "इतिहास रच्दै महिला प्रधानमन्त्री"

चितवन, भदौ २७ – नेपाली क्रिकेट फ्रेन्चाइज टोली चितवन राइनोजले नेपालको पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

क्लबले सार्वजनिक गरेको सन्देशमा भनिएको छ: "इतिहास रच्दै नेपालको पहिलो महिला प्रधानमन्त्रीजस्तो गरिमामय पदमा नियुक्त हुनुभएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीज्यूलाई हार्दिक बधाई, तथा आगामी कार्यकाल सफल र प्रेरणादायी रहोस् भन्ने शुभकामना।"

सुशीला कार्कीको प्रधानमन्त्री पदमा नियुक्तिलाई चितवन राइनोजले महिला सशक्तिकरण र समावेशी नेतृत्वको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। क्लबले उनको नेतृत्वमा देशले सामाजिक, आर्थिक र नीतिगत सुधारमा उल्लेखनीय प्रगति गर्ने विश्वास व्यक्त गरेको छ।

पूर्वप्रधानन्यायाधीशको रूपमा सुशीला कार्कीले न्याय क्षेत्रमा स्थापित गरेको छवि अब कार्यकारी नेतृत्वमा पनि उदाहरणीय हुने अपेक्षा गरिएको छ।

May be an image of 1 person and text

टिप्पणी लेख्नुहोस्

Please Login to comment.