लेख विवरण

अञ्जना राना मगरद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई,

अञ्जना राना मगरद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई, "नयाँ नेपालको सपना पूरा होस्" भन्ने आशा

काठमाडौं, भदौ २७ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य अञ्जना राना मगरले नेपालको पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीलाई बधाई दिएकी छन्। सामाजिक सञ्जालमार्फत उनले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै शुभकामना दिएकी हुन्।

उनले लेखेकी छन्: "नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यूलाई धेरै-धेरै बधाई। नयाँ नेपालको सपना पूरा गर्न हामी सबै नेपालीले धेरै अपेक्षा राखेका छौं। शुभकामना! "

अञ्जनाको सन्देशले खेल क्षेत्रका युवा पुस्ताले राजनीतिक परिवर्तन र महिला सशक्तिकरणमा देखाएको आशा झल्काउँछ।

देशको इतिहासमा पहिलो पटक महिलाले प्रधानमन्त्रीको पद सम्हाल्दा खेलाडी, कलाकार, बुद्धिजीवी, नागरिक समाजलगायत सबै क्षेत्रबाट बधाई र समर्थन व्यक्त भइरहेको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.