पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई विराटनगर किङ्सको बधाई : "नेतृत्व राष्ट्रको गौरव र आशाको प्रतीक"
विराटनगर, भदौ २७ – नेपाली क्रिकेट फ्रेन्चाइज क्लब विराटनगर किङ्सले नेपालको पहिलो महिला प्रधानमन्त्री सम्माननीय श्री सुशीला कार्कीलाई ऐतिहासिक नेतृत्वको लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
क्लबले जारी गरेको सन्देशमा भनिएको छ: "नेपालकी पहिलो महिला प्रधानमन्त्री श्री सुशीला कार्कीको नेतृत्व हाम्रो राष्ट्रको गौरव र आशाको प्रतीक हो। यो क्षणसम्म आइपुग्न राष्ट्रका आधारस्तम्भहरू र हाम्रो पुस्ताका युवाहरूको त्याग र साहस अमूल्य छ। अबको यात्रामा हामी सबै एकताबद्ध भई उज्ज्वल भविष्यतर्फ अघि बढ्नेछौं। Biratnagar Kings तर्फबाट उहाँलाई र सम्पूर्ण राष्ट्रलाई सफल कार्यकालको शुभकामना।"
विराटनगर किङ्सले नेतृत्वमा विविधता, समानता र समावेशीताको सन्देश दिने यो क्षणलाई राष्ट्रकै एउटा ऐतिहासिक मोडको रूपमा लिएको छ। क्लबले देशभित्रका सबै क्षेत्र र पुस्ताले नयाँ नेपालको निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


टिप्पणी लेख्नुहोस्