लेख विवरण

"दिगो व्यवस्थातर्फको पाइला" : रोहित कुमार पौडेल

काठमाडौं – बिषम परिस्थितिको निकासस्वरूप अन्ततः मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ। यो केवल एक पदको भरपाई मात्र नभई, परिवर्तनको माग, पीडा र बलिदानले निर्देश गरेको मार्गतर्फको गम्भीर पाइलाको संकेत हो।

आशा गरौं, निर्दोष युवाहरू — विशेषतः जेनेरेशन जेड (Gen Z) — ले दिएको बलिदान, तिनको उद्देश्य र समयले मागेको परिवर्तनको भावना अनुरूप कार्य सम्पन्न गरी, नयाँ नेतृत्वले नेपाललाई सही गन्तव्यमा पुर्याउने मार्ग प्रशस्त गर्नेछ।

हामी सबैले महसुस गरेको, सुन्दर, समावेशी र स्थायीत्वयुक्त नेपालको परिकल्पना साकार पार्न, जनादेशको आधारमा दिगो व्यवस्था स्थापना गर्ने दिशामा अन्तरिम सरकार एउटा दरिलो पूल सावित होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

यस ऐतिहासिक मोडमा निर्णायक भूमिका निर्वाह गर्नुहुने:

  • साहसी Gen Z पुस्ता,

  • सम्माननीय राष्ट्रपतिज्यू,

  • प्रधानसेनापति तथा सम्पूर्ण सुरक्षाकर्मीहरू,

  • सञ्चारमाध्यम/सञ्चारकर्मीहरू,

  • र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

  • साथै समर्थन र निगरानी गरिरहने अन्तर्राष्ट्रिय समुदायप्रति,

गहिरो आभार र धन्यवाद व्यक्त गर्दछु।

सकारात्मक सोच, सहकार्य र संवेदनशील नेतृत्वबाट यो संक्रमणकालीन मोडले देशलाई समृद्धि र स्थायीत्वतर्फ डोहोर्याओस् भन्ने अपेक्षा राख्दछु।

– रोहित कुमार पौडेल

टिप्पणी लेख्नुहोस्

Please Login to comment.