लेख विवरण

हालैको आन्दोलनमा सहादत प्राप्त सबैप्रति नेपाल क्रिकेट संघको श्रद्धाञ्जली, बाँकेका खेलाडी सुलभ राज श्रेष्ठको निधनप्रति विशेष शोक

हालैको आन्दोलनमा सहादत प्राप्त सबैप्रति नेपाल क्रिकेट संघको श्रद्धाञ्जली, बाँकेका खेलाडी सुलभ राज श्रेष्ठको निधनप्रति विशेष शोक

काठमाडौं – देशभर पछिल्लो समय विकसित राजनीतिक तथा सामाजिक घटनाक्रमको क्रममा भएका आन्दोलनमा सहादत प्राप्त सम्पूर्णप्रति नेपाल क्रिकेट संघ (CAN) परिवारले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ भने आन्दोलनको क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

यसै क्रममा, बाँके जिल्ला क्रिकेटका खेलाडी श्री सुलभ राज श्रेष्ठको असामयिक निधन भएको खबरले सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो दुःख र स्तब्धता प्रदान गरेको संघले जनाएको छ।

"दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै, शोकमा रहेका उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं," संघको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल क्रिकेट संघ परिवारले राष्ट्रिय एकता, सहिष्णुता र समृद्धिको लागि सबै पक्षबाट संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह पनि गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.