लेख विवरण

भोजपुरमा सम्पन्न यू-१४ अन्तरविद्यालय फुटबल प्रतियोगितामा युनिक एण्ड युनाईटेड पब्लिक एकाडेमी र विद्योदय मावि विजयी

भोजपुरमा सम्पन्न यू-१४ अन्तरविद्यालय फुटबल प्रतियोगितामा युनिक एण्ड युनाईटेड पब्लिक एकाडेमी र विद्योदय मावि विजयी

भोजपुर – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा र भोजपुर जिल्ला फुटबल सङ्घको सह-आयोजनामा आयोजित स्व. अनुपम घलान, आदित्य बलम्पार्की, विकल रेग्मी, दिवस वॉनिया, प्रियान्स आचार्य र साइमन योञ्जनको स्मृतिमा सम्पन्न यू-१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

भोजपुर टुंडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ युनिक एण्ड युनाईटेड पब्लिक एकाडेमीले पेनाल्टी सुटआउटमार्फत (४–२) पञ्चकन्या मावि बोखिमलाई पराजित गर्दै उपाधि हात पारेको हो। विजेता बनेको एकाडेमीले नगद रु. २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता बनेको पञ्चकन्या माविले रु. १०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

छात्रातर्फ भने विद्योदय माविले सगरमाथा बोर्डिङ स्कुललाई २–१ गोलले हराउँदै उपाधि जित्यो। विजेताले नगद रु. १०,००० जित्दा उपविजेता सगरमाथाले रु. ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो।

प्रतियोगितामा छात्रतर्फ १३ विद्यालय र छात्रातर्फ ३ विद्यालयले सहभागिता जनाएका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.