लेख विवरण

एशिया कप २०२५ः पाकिस्तानले युएईलाई १ सय ४७ रनको लक्ष्य दियो

एशिया कप २०२५ः पाकिस्तानले युएईलाई १ सय ४७ रनको लक्ष्य दियो

दुबई, १७ सेप्टेम्बर २०८२ – एशिया कप 2025 को १०औँ खेलमा पाकिस्तानले युएईलाई १४७ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा बुधबार युएईका कप्तान मोहम्मद वसीमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे।

पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो। टोलीका लागि शाहीन शाह अफरीदीले १४ बलमा २९ रनको तेज पारी खेल्दै उत्कृष्ट प्रदर्शन गरे। फखर जमानले ५० रन, कप्तान सलमान आगा २० रन र विकेटकीपर मोहम्मद हारिसले १८ रन योगदान गरे।

युएईका लागि जुनैद सिद्दिकीले ४ विकेट लिए भने सिमरनजीत सिंहले ३ विकेट झारे।

दुबै टोलीका लागि यो खेल महत्वपूर्ण छ। जित्ने टोली सुपर-४ चरणमा स्थान बनाउनेछ, जबकि हार्ने टोली लीग स्टेजमै बाहिर हुनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.