च्याम्पियन्स लिगमा पीएसजीको धमाकेदार सुरुवात, लिभरपुलको नाटकीय जित
काठमाडौं, १८ सेप्टेम्बर २०८२ – च्याम्पियन्स लिग फुटबलमा गत विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्षक बचाउने अभियान शानदार रूपमा सुरु गरेको छ। बुधबार घरेलु मैदानमा पीएसजीले एटालान्टामाथि ४–० को ठुलो जित दर्ता गर्दै प्रभावशाली प्रदर्शन गर्यो। सुरु देखिनै दबाबमा खेलेको पीएसजीले एटालान्टालाई खेलमा फर्कने कुनै अवसर दिएन।
पीएसजीका प्रशिक्षक लुइस एनरिकले खेलपछि प्रतिक्रिया दिँदै भने, “यस्तो प्रदर्शन देख्दा खुशी लागेको छ। मलाई लाग्छ हाम्रो समर्थक पनि खुसी हुनेछन्।”
यसैबीच, इंग्लिस क्लब लिभरपुलले पनि समूह चरणको विजयी सुरुवात गरेको छ। एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा कप्तान भर्जिल भान डाइकले इन्जुरी टाइमको दोस्रो मिनेटमा हेडरमार्फत गोल गर्दै ३–२ को रोमाञ्चक जित सुनिश्चित गरे।
अन्य खेलमा, जर्मन जायन्ट बायर्न म्युनिखले चेल्सीलाई ३–१ ले हरायो। बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए। यस्तै, इटालियन क्लब इन्टर मिलानले अजाक्सलाई २–० ले पराजित गर्यो, जसमा मार्कस थुरामले दुई गोल गर्दै हिरो बने।

टिप्पणी लेख्नुहोस्