लेख विवरण

नामिबियाका जेन फ्राइलिङ्कको धुवाँधार ब्याटिङ : जिम्बाब्वेविरुद्ध १३ बलमै अर्धशतक, विश्वकै तेस्रो छिटो फिफ्टी

नामिबियाका जेन फ्राइलिङ्कको धुवाँधार ब्याटिङ : जिम्बाब्वेविरुद्ध १३ बलमै अर्धशतक, विश्वकै तेस्रो छिटो फिफ्टी

हाइलाइट्स :

  • जिम्बाब्वेविरुद्ध नामिबियाका जेन फ्राइलिङ्कको धुवाँधार प्रदर्शन

  • १३ बलमै फिफ्टी, विश्वकै तेस्रो छिटो अर्धशतक

  • एकै ओभरमा ३ छक्का र २ चौकासहित २६ रन प्रहार

  • ३१ बलमा ६ छक्का र ८ चौका प्रहार गर्दै ७७ रनको धुवाँधार इनिङ्स

  • दीपेन्द्र सिंह ऐरी (९ बल फिफ्टी) र युवराज सिंह (१२ बल फिफ्टी) पछि फ्राइलिङ्क तेस्रो

समाचार :
बुलावायो, १८ सेप्टेम्बर – नामिबियाका अलराउन्डर जेन फ्राइलिङ्कले जिम्बाब्वेविरुद्ध आक्रमक ब्याटिङ गर्दै नयाँ रेकर्ड बनाएका छन्। उनले केवल १३ बलमै अर्धशतक प्रहार गर्दै विश्व क्रिकेट इतिहासमा तेस्रो छिटो फिफ्टी बनाउने खेलाडी बनेका छन्।

फ्राइलिङ्कले जिम्बाब्वेका बलर ट्रेभर ग्वाण्डुको एकै ओभरमा ३ छक्का र २ चौका प्रहार गर्दै २६ रन बटुलेका थिए। सुरुवातमै लगातार ३ चौका हानेपछि उनले आक्रामक ब्याटिङ जारी राख्दै ७ चौका र ३ छक्कासहित १३ बलमै फिफ्टी पूरा गरेका थिए।

अन्ततः उनले ३१ बलमा ६ छक्का र ८ चौकाको मद्दतमा ७७ रनको इनिङ्स खेले। यस इन्ङ्सको बलमा नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा २०४ रन बनायो।

तेस्रो टी–२० मा यस्तो प्रदर्शन गर्दै उनले नेपालको दीपेन्द्र सिंह ऐरी (९ बल फिफ्टी, एशियन गेम्स २०२३) र भारतका युवराज सिंह (१२ बल फिफ्टी, टी–२० विश्वकप २००७) पछि विश्व क्रिकेटमा सबैभन्दा छिटो फिफ्टी बनाउने सूचीमा आफ्नो नाम लेखाएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.