जेनजी आन्दोलनको क्रममा मकवानपुर क्रिकेट संघको स्टोरमा आगजनी, करिब २ लाख ५० हजार बराबरको सामग्री नष्ट
मकवानपुर। गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा मकवानपुर जिल्लामा खेलकुद विकास समितिको भवनमा आगजनी भएको छ। यसै क्रममा मकवानपुर क्रिकेट संघले निर्माण गरेको स्टोर कक्षमा समेत आगजनी भई स्टोरमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।
मकवानपुर क्रिकेट संघका अनुसार नष्ट भएका सामग्रीहरू खेल र खेलाडीहरूको प्रत्यक्ष प्रयोजनका लागि प्रयोग हुँदै आएका थिए। सामग्रीको मुल्य अनुमानित मूल्य करिब २ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ।
नष्ट भएका सामग्रीको विवरणः
१. फुल म्याट – २ थान
२. हाफ म्याट – १ थान
३. क्रिकेट किट – २ सेट
४. अभ्यास सामग्री (कोन, मार्कर, प्राक्टिस ब्याट)
५. ब्याट – ३ थान
६. मैदान मर्मत सामग्री
७. स्टम्प्स – ९ थान
यस घटनाले मकवानपुर क्रिकेट क्षेत्रमा भौतिक क्षति पुर्याएको संघले जनाएको छ। मकवानपुर क्रिकेट संघले शीघ्र पुनः व्यवस्था गरी खेल गतिविधि पुनः सञ्चालन गर्न योजना बनाएको छ।






टिप्पणी लेख्नुहोस्