साफ क्लब महिला च्याम्पियनसिप नेपालमा हुने
काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलो पटक साफ क्लब महिला च्याम्पियनसिप २०२५ आयोजना गर्न लागेको छ। ऐतिहासिक यो प्रतियोगिता नेपालमा आगामी ५ डिसेम्बरदेखि २० डिसेम्बरसम्म सञ्चालन हुनेछ।
यस च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच शक्तिशाली महिला क्लब टिमहरूबीच उपाधि भिडन्त हुनेछः
नस्रिन स्पोर्ट्स एकेडेमी (बंगलादेश)
ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी (भूटान)
ईस्ट बंगाल एफसी (भारत)
एपीएफ फुटबल क्लब (नेपाल)
कराची सिटी फुटबल क्लब (पाकिस्तान)
यस प्रतियोगिताले दक्षिण एसियाली महिला क्लब फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। पहिलोपटक आयोजना हुँदै गरेको यो च्याम्पियनसिपले क्षेत्रीय महिला फुटबलको विकास, प्रतिस्पर्धा र ऐक्यबद्धतालाई बलियो बनाउने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्