लेख विवरण

एसिया कप: ओमानलाई भारतले दियो १८९ रनको लक्ष्य, सञ्जुको अर्धशतक

एसिया कप: ओमानलाई भारतले दियो १८९ रनको लक्ष्य, सञ्जुको अर्धशतक

काठमाडौँ: एसिया कप क्रिकेटको अन्तिम लिग खेलमा भारतले ओमानलाई १८९ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको हो। यससँगै भारतले प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोरको बराबरी गरेको छ।
 
भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, अभिषेक शर्माले ३८, तिलक वर्माले २९ र अक्षर पटेलले २६ रनको योगदान दिए। कप्तान सूर्यकुमार यादव भने ब्याटिङ गर्न आएनन्।
 
ओमानका लागि फैसल शाह, जितेन रामानन्दी र आमिर कलिमले २-२ विकेट लिएका छन्। भारत यो खेल जित्दै सुपर-४ मा आफ्नो समूहको शीर्ष स्थान कायम गर्ने लक्ष्यमा छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.