नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्ध टी-२० सिरीज खेल्ने
काठमाडौं । आगामी Malaysian Super Women Series २०२५ मा भाग लिन नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसिया जाने भएकाे छ। Malaysian Cricket Association को आयोजनामा सेप्टेम्बर २४ देखी ३० सम्म हुने प्रतियाेगितामा नेपाली खेलाडीहरुले फरक–फरक टाेलीबाट खेल्ने भएका छन्।
त्यसैगरी, नेपाली महिला टोलीले अक्टोबर २८ देखी मलेसिया राष्ट्रिय क्रिकेट टिमसँग ५ वटा T20 अन्तर्राष्ट्रिय (T20I) खेलहरू खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।
मलेसिया जाने महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू:
१. इन्द वर्मा
२. पूजा महतो
३. राजमती ऐरि
४. सम्झना खड्का
५. कविता जोशी
६. रिया शर्मा
७. सोमु बिस्ट
८. रचना चौधरी
९. रुबी पोद्दार
१०. यशोदा बिष्ट
११. सावित्री धामी
१२. कविता कुँवर
१३. रुबिना छेत्री
१४. सिता राना मगर
टीमका खेलाडीहरूले मलेसियामा प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुल्दै टीमको प्रदर्शनलाई अझ मजबुत बनाउने लक्ष्य राखेका छन्।


टिप्पणी लेख्नुहोस्