लेख विवरण

नेपाली युवा प्रतिभा पुरुषोत्तम सिलवालद्वारा अन्तर्राष्ट्रिय मास्टर पराजित

नेपाली युवा प्रतिभा पुरुषोत्तम सिलवालद्वारा अन्तर्राष्ट्रिय मास्टर पराजित

एलीस्ता (रूस) । पहिलो बुद्धिस्ट चेस टुर्नामेन्ट “Spirit of Dharma” मा सहभागी नेपाली युवा प्रतिभा क्याण्डिडेट मास्टर (CM) पुरुषोत्तम सिलवालले उल्लेखनीय सफलता हासिल गरेका छन्।

FIDE रेटिङ २१८८ का सिलवालले दोस्रो चरणको खेलमा फिलिपिन्सका अन्तर्राष्ट्रिय मास्टर (IM) रोडरिक नाभा (FIDE रेटिङ २४४३) लाई सेतो गोटीसँग पराजित गरेका हुन्।

यस ऐतिहासिक जितसँगै सिलवालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै बलियो सन्देश दिएका छन्। प्रतियोगिता अझै जारी छ र आगामी चरणहरूमा पनि उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.