सिरहा जिल्ला तेक्वान्दो कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न, नयाँ समिति निर्वाचित
सिरहा । नेपाल तेक्वान्दो संघ मधेस प्रदेशअन्तर्गत सिरहा जिल्ला तेक्वान्दो कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नव-निर्वाचित पदाधिकारीहरू यसप्रकार छन् :
-
अध्यक्ष : ध्रुव कुमार मोक्तान
-
उपाध्यक्ष : अरुण कुमार शर्मा
-
कोषाध्यक्ष : निलम सिंह
-
सदस्यहरू : बिरेन्द्र कुमार यादव, रामबरण यादव, अजय धमला, सुरेन्द्र कुमार यादव, मनिषा धिसिङ्ग, नन्दन ठाकुर
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष र सचिव मनोनयन गर्ने कार्य भने बाँकी रहेको समितिले जनाएको छ।
नव-निर्वाचित समितिलाई विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।

टिप्पणी लेख्नुहोस्