लेख विवरण

ओमानमा पहिलो विजया दशमी कप सम्पन्न, नेपाल मगर संघ ओमान उपविजेता

ओमानमा पहिलो विजया दशमी कप सम्पन्न, नेपाल मगर संघ ओमान उपविजेता

मस्कट (ओमान) । रोयल मस्कट ओमानको आयोजनामा यही मिति २०२५ सेप्टेम्बर १८ गते बिहिबार बेलुकी 'पहिलो विजया दशमी दशैँ कप २०२५' सम्पन्न भएको छ। प्रतियोगितामा जम्मा १२ टिमले सहभागिता जनाएका थिए।

फाइनल खेलमा नेपाल मगर संघ ओमान र Royal Muscat FC आमनेसामने भएका थिए। खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जसमा नेपाल मगर संघ ओमान पराजित भई उपविजेतामा सीमित रहनुपर्‍यो।

यस खेलमा नेपाल मगर संघ ओमानका लागि पदम आले मगरले कप्तानी सम्हाल्नु भएको थियो भने टिम प्रशिक्षकमा चक्र बहादुर गोले र टिम व्यवस्थापकमा कर्ण दर्लामी मगरले जिम्मेवारी निर्वाह गर्नुभएको थियो।

नेपाल मगर संघ ओमानले प्रतियोगितालाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै संघलाई निरन्तर माया र समर्थन गर्ने सम्पूर्ण मगर तथा गैरमगर दाजुभाइ–दिदीबहिनीहरूलाई समेत धन्यवाद ज्ञापन गरिएको छ।

संघले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, खेल अवधिभर साथ र समर्थन गर्ने दर्शक तथा सहभागी सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद प्रकट गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.