एशिया कप २०२५ : भारतले ओमानलाई पराजित गर्दै विजयी यात्रा जारी राख्यो, अर्शदीपले रचे इतिहास
अबुधाबी । एशिया कप २०२५ को १२औँ खेलमा भारतले ओमानलाई हराउँदै समूह चरणको अन्तिम खेलमा पनि विजय हासिल गरेको छ। यससँगै भारतले प्रतियोगितामा आफ्नो विजयी अभियानलाई निरन्तरता दिएको छ।
अबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गर्यो। त्यसपछि ओमानलाई २० ओभरमा मात्र ४ विकेटको क्षतिमा रोक्दै खेल जित्यो।
भारतीय ब्याट्सम्यानहरूमध्ये सञ्जु सामसन (५६ रन, ४५ बल), तिलक वर्मा (२९ रन, १८ बल) र अभिषेक शर्मा (३८ रन, १५ बल) ले उत्कृष्ट प्रदर्शन गरे।
तर, खेलको मुख्य आकर्षण भने तेज बलर अर्शदीप सिंह बने। उनले ओमानका विनायक शुक्लालाई आउट गर्दै भारतका लागि टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलर बन्ने ऐतिहासिक उपलब्धि हासिल गरे।
यसअघि कुनै पनि भारतीय बलरले टि–२० आईमा १०० विकेट लिन सकेका थिएनन्।
भारतको पारी
– सञ्जु सामसन : ५६ रन (४५ बल)
– अभिषेक शर्मा : ३८ रन (१५ बल)
– तिलक वर्मा : २९ रन (१८ बल)
– अक्षर पटेल : २६ रन (१३ बल)
– हर्षित राणा : १३* रन (८ बल)
ओमानको पारी
लक्ष्य पछ्याउने क्रममा ओमानका आमिर कलीमले ४६ बलमा ६४ रन (७ चौका, २ छक्का) बनाए भने हामिद मिर्जाले ३३ बलमा ५१ रन प्रहार गरे। कप्तान जतिन्दर सिंहले ३२ रन जोडे। तर यी प्रयासले ओमानलाई विजय दिलाउन सकेन।
यस जितसँगै भारतले एशिया कप २०२५ को सुपर–४ चरणमा प्रवेश गरिसकेको छ र आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ।

टिप्पणी लेख्नुहोस्