एशिया कप २०२५ : सुपर–४ को पहिलो भिडन्त श्रीलंका र बंगलादेशबीच
दुबई । एशिया कप २०२५ मा समूह चरणका १२ खेल सम्पन्न भएसँगै सुपर–४ चरणको सुरुवात हुँदैछ। ग्रुप ‘ए’ बाट भारत र पाकिस्तान तथा ग्रुप ‘बी’ बाट बंगलादेश र श्रीलंका सुपर–४ मा प्रवेश गरेका छन्।
सुपर–४ को पहिलो खेलमा ग्रुप ‘बी’ का शीर्ष दुई टोली श्रीलंका र बंगलादेश आमनेसामने हुँदैछन्।
हेड–टु–हेड (T20I) रेकर्ड
– श्रीलंका र बंगलादेशबीच अहिलेसम्म २१ टि–२० अन्तर्राष्ट्रिय खेल भएको छ।
– जसमा श्रीलंका १३ खेलमा विजयी भएको छ भने बंगलादेशले ८ खेलमा जित निकालेको छ।
– पछिल्ला पाँच खेलमा भने बंगलादेश बलियो देखिएको छ, जहाँ उसले ३ खेल जित्दा श्रीलंकाले २ खेल जितेको छ।
– एशिया कप २०२५ मा सेप्टेम्बर १३ मा दुबैबीच भएको समूह चरणको भिडन्तमा श्रीलंकाले ६ विकेटले जितेको थियो।
समूह चरणमा प्रदर्शन
– श्रीलंका : ३ खेल, ३ जित (६ अंक, शीर्ष स्थान)
– बंगलादेश : ३ खेल, २ जित (४ अंक, दोस्रो स्थान)
खेल विवरण
– खेल मैदान : दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
– टस : साँझ ७:३० बजे (स्थानीय समय)
– खेल सुरु : राति ८:०० बजे
संभावित प्लेइङ–११
बंगलादेश – मोहम्मद परवेज हुसैन, तन्जिद हसन, लिटन दास (कप्तान), तौहीद हृदोय, शमीम हुसैन, जाकेर अली, महेदी हसन, रिशाद हुसैन, तन्जिम हसन साकिब, तास्किन अहमद, मुस्तफिजुर रहमान।
श्रीलंका – कुसल मेन्डिस (विकेटकिपर), पथुम निसांका, कामिल मिशारा, के. परेरा, चरित असलङ्का (कप्तान), कामिन्दु मेन्डिस, दासुन शनाका, वानिन्दु हसरङ्गा, महेश तीक्षणा, दुष्मन्त चमीरा, मतीशा पथिराना।

टिप्पणी लेख्नुहोस्