एशिया कप २०२५ : २५०औँ टि–२० अन्तर्राष्ट्रिय खेल्दै भारतले रच्यो नयाँ इतिहास
अबुधाबी । एशिया कप २०२५ अन्तर्गत शुक्रबार अबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले ओमानविरुद्ध मैदानमा उत्रँदै नयाँ कीर्तिमान बनाएको छ।
भारतीय क्रिकेट टोलीले २५०औँ टि–२० अन्तर्राष्ट्रिय (T20I) खेल्दै इतिहास रचेको हो। यसअघि यो उपलब्धि पाकिस्तानसँग मात्र थियो।
विश्व क्रिकेटमा पाकिस्तानले अहिलेसम्म सबैभन्दा बढी २७५ टि–२० अन्तर्राष्ट्रिय खेलेको छ भने, भारतले ओमानविरुद्धको खेलसँगै २५० खेल पूरा गरेको छ। पाकिस्तान र भारतबाहेक अन्य कुनै पनि राष्ट्रले अझै २५० टि–२० अन्तर्राष्ट्रिय खेलको आँकडा पार गर्न सकेका छैनन्।
सबैभन्दा बढी टि–२० अन्तर्राष्ट्रिय खेलेका शीर्ष ५ टोली
-
पाकिस्तान – २७५ खेल (१५७ जीत, १०७ हार)
-
भारत – २५० खेल* (१६६ जीत, ७१ हार)
-
न्युजिल्यान्ड – २३५ खेल (१२३ जीत, ९५ हार)
-
वेस्टइन्डिज – २२८ खेल (९५ जीत, ११९ हार)
-
श्रीलंका – २१२ खेल (९६ जीत, १०९ हार)

टिप्पणी लेख्नुहोस्