लेख विवरण

राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर गीता रानाको शल्यक्रिया सफल

राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर गीता रानाको शल्यक्रिया सफल

काठमाडौंँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर गीता रानाको दाहिने काँधमा सफल शल्यक्रिया गरिएको छ।

राना अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका क्रममा घाइते भएकी थिइन्। प्रारम्भिक चरणमा उनलाई पुनःस्थापना (रिहाब) मार्फत उपचार गर्ने प्रयास गरिएको थियो। तर पूर्ण निको हुन नसकेपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गरिएको एन्फाले जनाएको छ।

एन्फाले उनको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार भइरहेको र निकट भविष्यमा पुनः मैदानमा फर्कने विश्वास व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.