लेख विवरण

यूएई क्रिकेट टोली जिम्बाब्वे भ्रमणमा, ६ खेल खेल्ने

यूएई क्रिकेट टोली जिम्बाब्वे भ्रमणमा, ६ खेल खेल्ने

यूएई, संयुक्त अरब इमिरेट्स (यूएई) महिला क्रिकेट टोलीले जिम्बाब्वेविरुद्धको ६ खेलको शृंखलाका लागि सेप्टेम्बर २६ देखि भ्रमण गर्ने भएको छ। यस भ्रमण अन्तर्गत दुई टिमबीच ४ एकदिवसीय र २ टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।

भ्रमण सेप्टेम्बर २४ मा हुने वॉर्म-अप खेलसँगै सुरु हुनेछ, जहाँ यूएईले बुलावायो एथलेटिक क्लबमा जिम्बाब्वे ‘ए’ टोलीसँग भिड्नेछ। सबै खेलहरू बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा हुनेछन्।

यो शृंखला जिम्बाब्वे महिलाको पहिलो अन्तर्राष्ट्रिय असाइनमेन्ट पनि हो, जसअन्तर्गत उनीहरूले यसै महिना नामिबियामा सम्पन्न आइसिसी महिला टी–२० विश्वकप अफ्रिका क्वालिफायर जित्दै २०२६ को सुरुवातमा नेपालमा हुने ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेका थिए।

जिम्बाब्वे महिला टोलीका प्रमुख प्रशिक्षक वाल्टर चावागुताले यो शृंखलालाई तयारीका हिसाबले महत्त्वपूर्ण बताएका छन्। उनले भने, “यूएईसँगको शृंखला हाम्रो योजनामा ठ्याक्कै फिट हुन्छ। यसले टिमलाई लय दिन्छ र चोटका कारण बाहिर रहेका खेलाडीहरूको पुनरागमन मूल्यांकन गर्ने अवसर पनि मिल्छ। यूएई बलियो टोली हो र उनीहरूसँग खेल्दा हामीलाई आगामी ग्लोबल क्वालिफायरका लागि राम्रो चुनौती मिल्नेछ।”

खेल तालिका

  • वॉर्म-अप: जिम्बाब्वे ‘ए’ बनाम यूएई – सेप्टेम्बर २४, बुलावायो एथलेटिक क्लब

  • पहिलो ODI: सेप्टेम्बर २६, क्विन्स स्पोर्ट्स क्लब

  • दोस्रो ODI: सेप्टेम्बर २८, क्विन्स स्पोर्ट्स क्लब

  • तेस्रो ODI: सेप्टेम्बर ३०, क्विन्स स्पोर्ट्स क्लब

  • चौथो ODI: अक्टोबर २, क्विन्स स्पोर्ट्स क्लब

  • पहिलो T20I: अक्टोबर ५, क्विन्स स्पोर्ट्स क्लब

  • दोस्रो T20I: अक्टोबर ६, क्विन्स स्पोर्ट्स क्लब 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.