लेख विवरण

भारत यू-१९ ले अस्ट्रेलिया यू-१९ लाई ७ विकेटले हराउँदै तीन खेलकाे श्रृंखलामा १-० को अग्रता बनायाे

भारत यू-१९ ले अस्ट्रेलिया यू-१९ लाई ७ विकेटले हराउँदै तीन खेलकाे श्रृंखलामा १-० को अग्रता बनायाे

काठमाडौं। ब्रिस्बेनको इयान हिली ओवलमा सम्पन्न पहिलो एकदिवसीय खेलमा भारत अन्डर-१९ ले अस्ट्रेलिया अन्डर-१९ लाई ७ विकेटले पराजित गर्दै र तीन खेलको श्रृंखलामा १-० को अग्रता बनाएकाे छ।

टस जितेर पहिले ब्याटिङ रोजेकाे अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन बनाएकाे थियाे। टाेलीका लागि जाेन जेम्सले उत्कृष्ट पारी खेल्दै अविजित ७७ रन बनाए, जसमा ६ चौका र १ छक्का समावेश थियो। टम होग ४१, स्टीवन होगन ३९ र कप्तान विल मालाजुकले १७ रनको योगदान दिए। भारतका लागि हेनिल पटेलले ३ विकेट लिए भने किशन र कनिष्क चौहानले २–२ विकेट लिए।

२ सय २६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले वैभव सूर्यवंशीको (२२ बलमा ३८ रन) को साथ तिव्र सुरुवात गर्यो। वैभव आउट भएपछि कप्तान आयुष महात्रे पनि ६ रनमै आउट भए। त्यसपछि वेदांत र अभिज्ञानले चौथो विकेटको लागि ७५ रनको साझेदारी गर्दै भारतलाई जित दिलाए।

अभिज्ञानले अविजित ८७ रन (८ चौका, ५ छक्का) बनाए भने वेदांतले अविजित ६१ रन बनाए। अभिज्ञानलाई प्लेयर अफ द म्याच घोषित गरियो।

श्रृंखलाको दोस्रो एकदिवसीय सेप्टेम्बर २४ मा खेलिनेछ भने तेस्रो एकदिवसीय सेप्टेम्बर २६ मा हुनेछ। त्यसपछि दुवै टोलीले २ टेस्ट म्याचको श्रृंखला खेल्नेछ। पहिलो फोर-डे टेस्ट सेप्टेम्बर ३० देखी अक्टोबर ३ सम्म हुनेछ भने दोस्रो र अन्तिम टेस्ट अक्टोबर ७ देखी १० सम्म खेलिनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.