लेख विवरण

एशिया कप सुपर फोरः पाकिस्तानले भारतलाई दियो १ सय ७२ रनको लक्ष्य

एशिया कप सुपर फोरः पाकिस्तानले भारतलाई दियो १ सय ७२ रनको लक्ष्य

काठमाडौंँ। दुबईमा जारी एशिया कप सुपर-4 मा पाकिस्तानले भारतलाई 172 रनको लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ रोजेको भारत का लागि पाकिस्तानले 5 विकेटको क्षति गर्दै 171 रन बनायो।

पाकिस्तानको ओपनर साहिबजादा फरहानले सर्वाधिक 58 रन बनाए। सईम अयूब र मोहम्मद नवाजले समान 21–21 रन योगदान गरे। भारतका लागि शिवम दुबेले 2 विकेट लिए भने हार्दिक पंड्या र कुलदीप यादवलाई 1–1 विकेट प्राप्त भयो।

पाकिस्तानले पावरप्लेमा तेज शुरुवात गर्दै पहिलो 6 ओभरमा 55 रन जोड्यो। मिडिल ओवर्समा 3 विकेटको क्षति भएपनि कप्तान सलमान अली आगा, फहीम अशरफ र मोहम्मद नवाजको योगदानले टोलीलाई 170 रनको पार पुर्‍यायो।

दुवै टोलीको प्लेइंग–11:

भारत: अभिषेक शर्मा, शुभमन गिल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, हार्दिक पंड्या, शिवम दुबे, संजू सैमसन, अक्षर पटेल, कुलदीप यादव, वरुण चक्रवर्ती, जसप्रीत बुमराह।

पाकिस्तान: सईम अयूब, साहिबजादा फरहान, फखर जमान, सलमान अली आगा (कप्तान), फहीम अशरफ, तलत हुसैन, मोहम्मद हारिस, मोहम्मद नवाज, शाहीन शाह अफरीदी, हारिस रउफ, अबरार अहमद।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.