नेपाल भलिवल संघ डेनमार्कको ६औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित
डेनमार्क, नेपाल भलिवल संघका निवर्तमान अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन समितिको जिम्मेवारी पाएको गैर आवासीय नेपाली संघ (NRNA) डेनमार्क का पूर्व उपाध्यक्ष श्री राधाकृष्ण सापकोटा र नेपाल भलिवल संघ डेनमार्कका पूर्व अध्यक्ष श्री उमेश न्यौपानेको प्रमुखतामा आज सम्पन्न नेपाल भलिवल संघ डेनमार्कको ६औँ अधिवेशनले २०८२/२०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
नयाँ निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ:
-
अध्यक्ष: रमेश क्षेत्री
-
उपाध्यक्ष: खगेन्द्र श्रेष्ठ
-
महासचिव: गोकुल केसि
-
कोषाध्यक्ष: उमेश गुरुङ
-
सदस्य: ईन्द्र बिक्रम मल्ल
-
सदस्य: निशान भन्डारी
-
सदस्य: ऋतिक गुरुङ
नेपाल भलिवल संघ डेनमार्कले सम्पूर्ण सहभागी, शुभेच्छुक र सदस्यहरूलाई यसमा दिएको साथ, सल्लाह र सुझावका लागि हार्दिक आभार व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्