लेख विवरण

दशैं कप २०२५ को उपाधि एडिलेड ड्रागन एससीलाई

दशैं कप २०२५ को उपाधि एडिलेड ड्रागन एससीलाई

एडिलेड, एडिलेडमा सम्पन्न दशैं कप २०२५ फुटबल प्रतियोगितामा एडिलेड ड्रागन स्पोर्टिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ।

प्रतियोगिता अवधिभर देखाएको जुझारुपन, टोलीभावना र दृढ संकल्पका कारण क्लबले विजेता बन्न सफल भएको हो।

यस उपलब्धिमा खेलाडी, प्रायोजक, स्वयंसेवक तथा समर्थकहरूको अमूल्य योगदान रहेको क्लबले जनाएको छ।

एडिलेड ड्रागन एससीका अनुसार यो जित केवल उपाधिसम्म सीमित छैन, बरु यो सामूहिक प्रयास र सहकार्यको प्रमाण हो। क्लबले आगामी दिनमा अझ उच्च लक्ष्यका लागि प्रेरित भई अघि बढ्ने प्रतिवद्धता जनाएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.