लेख विवरण

गीता राना अस्पतालबाट डिस्चार्ज, पुनःस्थापनाको तयारीमा

गीता राना अस्पतालबाट डिस्चार्ज, पुनःस्थापनाको तयारीमा

काठमाडौंँ। नेपाली महिला फुटबलको डिफेन्डर गीता राना सफलतापूर्वक दाहिने काँधको शल्यक्रियापछि बि एण्ड बि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। अब उनले पुनःस्थापनाको प्रक्रिया सुरु गर्दै मैदानमा अझ मजबुत भएर फर्कने लक्ष्य लिएकी छिन्।

गीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङ, महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी अस्पताल पुगेर उनको अवस्था बुझेका थिए। उनीहरूले गीतालाई छिटो स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

एन्फाले पनि गीता रानाको उपचारदेखि पुनःस्थापना प्रक्रियासम्म आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.