नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतको सिक्किममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार यो खेल आगामी अक्टोबर २६, २०२५ (कात्तिक ९ गते) मा आयोजना हुनेछ।
यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण अभ्यासको अवसर हुनेछ। पछिल्लो समय दक्षिण एसियामा नेपाली महिला टोली र भारतीय टोलीबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ।
यस मैत्रीपूर्ण खेलले भारतमा आगामी एसियन कप खेल्ने तयारी गरिरहेको भारतीय टोलीलाई थप बलियो बनाउन सहयोग गर्नेछ, भने नेपालले पनि महत्त्वपूर्ण अनुभव प्राप्त गर्नेछ।
यो खेल नेपालको आगामी नोभेम्बर-डिसेम्बरमा हुने इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण शृंखलाको तयारीको रूपमा पनि हेरिएको छ।


टिप्पणी लेख्नुहोस्