लेख विवरण

मिसन २०२६ अन्तर्गत खेलाडी छनोट प्रक्रिया असोज २९ देखि सुरु हुने

मिसन २०२६ अन्तर्गत खेलाडी छनोट प्रक्रिया असोज २९ देखि सुरु हुने

काठमाडौं । आगामी २० औं एशियाली खेलकुद, जुन सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ, त्यसमा तौल समूह (Weight Category) परिवर्तन भएकोले नेपाल बक्सिङ्ग महासंघले नयाँ मापदण्डअनुसार खेलाडी छनोट प्रक्रिया गर्ने भएको छ।

महासंघले जारी गरेको सूचना अनुसार यहि मिति २०८२ कार्तिक १२ देखि १४ गतेसम्म (सन् २०२५ अक्टोबर २९ देखि ३१) अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा प्रतिभावान खेलाडी छनोट कार्यक्रम आयोजना हुनेछ।

छनोटमा इलाइट पुरुष तथा महिला उमेर समूहका खेलाडी सहभागी हुनेछन्। पुरुषतर्फ ५५ के.जी, ६० के.जी, ७० के.जी, ८० के.जी, ९० के.जी र ९०+ के.जी तथा महिलातर्फ ५१ के.जी, ५४ के.जी, ६० के.जी, ६५ के.जी र ७५ के.जी तौल समूह समावेश गरिनेछ।

महासंघका अनुसार छनोटमा सफल भए पनि खेलकौशलको उत्कृष्टताको आधारमा मात्र खेलाडीलाई राष्ट्रिय टिममा राखिने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ।

योग्यताका लागि नेपाल बक्सिङ्ग महासंघले आयोजना गरेका कुनै पनि राष्ट्रियस्तरको प्रतियोगितामा पदक जितेको खेलाडी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

महासंघले सबै विभागीय टिम, जिल्ला, प्रदेश तथा क्लबहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। साथै सम्पूर्ण खर्च सहभागी टिमहरुले आफैं व्यवहोर्नुपर्ने पनि जनाएको छ।

थप जानकारीका लागि ९८४९६९७०९४ मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ।

May be an image of text

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.