लेख विवरण

आठौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता अस्थायी रूपमा स्थगित

आठौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता अस्थायी रूपमा स्थगित

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आयोजना गर्न लागेको आठौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता, जुन राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा २०८२ कार्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भनिएको थियो, असहज परिस्थितिका कारण अस्थायी रूपमा स्थगित गरिएको छ।

महासंघका पदाधिकारीहरूको बैठकले हालको जेन-जी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताइएको छ।

महासंघले सम्बन्धित सबै खेलाडी, प्रशिक्षक, अफिसियल र सरोकारवालाहरूलाई सूचित गर्दै भविष्यमा प्रतियोगिताको नयाँ मिति तय भएमा पुनः जानकारी गराइनेछ भनी जानकारी दिएको छ।

May be an image of ticket stub and text

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.