नेपाल चेस महासंघ र मस्को क्षेत्रीय चेस महासंघबीच सहकार्य सम्झौता
काठमाडौं । नेपाल चेस महासंघ र मस्को क्षेत्रीय चेस महासंघले मस्कोमा भएको औपचारिक समारोहमा छ बुँदे सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार मित्रता र सहकार्यको माध्यमबाट दुवै देशमा चेसको प्रचार र विकासमा जोड दिइनेछ।
यस सम्झौतामा दुई देशका टिमहरूको आदान–प्रदान, खेलाडी प्रशिक्षण (अनलाइन सहित), प्रशिक्षक विकास, द्विपक्षीय प्रतियोगिता र सेमिनार समावेश गरिएको छ। सम्झौताले कुनै कानुनी दायित्व सिर्जना नगर्ने भए पनि, मुख्य उद्देश्य चेस खेलको प्रवर्द्धन रहेको छ।
पूर्व FIDE अध्यक्ष किर्सान इलियमझिनोव को समर्थन रहेको यो पहल अन्तर्गत रूस र नेपालमा बौद्ध राष्ट्रहरूका लागि विशेष चेस प्रतियोगिता आयोजना गर्ने योजना पनि राखिएको छ।
यस अवसरमा रूसको प्रतिनिधित्व गर्दै सर्वश्रेष्ठ युवा ग्रान्डमास्टर सर्जे कर्जाकिन ले नेपाली युवा खेलाडीहरूको प्रशंसा गरेका छन्। सम्झौता अनुसार नेपालका खेलाडीका लागि रूसी छात्रवृत्ति कार्यक्रम पुनः सक्रिय हुने सम्भावना पनि रहेको छ, जसबाट अघिल्लो समय FM बिबेक थिङ, FM रूपेश जैसवाल र सौरभ प्रधानले लाभ उठाइसकेका छन्।
तस्वीरः राजु ताम्राकार

टिप्पणी लेख्नुहोस्