शहिद स्मारक सि डिभिजन क्वालिफायर २०२५ मंसिर ४ गतेदेखि सुरु हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार शहिद स्मारक सि डिभिजन क्वालिफायर २०२५ आगामी मिति २०८२ मंसिर ४ गतेदेखि सुरु हुने भएको छ।
एन्फाका महासचिव किरण राईद्वारा जारी विज्ञप्ति अनुसार प्रतियोगितामा सहभागी सम्पूर्ण क्लबहरुलाई २०८२ असोज मसान्तभित्र एन्फामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यस सम्बन्धमा थप जानकारीका लागि सम्पर्क व्यक्ति सन्त राई (मो. ९८४१८७३५२४) लाई सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ।
एन्फाले सबै सहभागी क्लबहरुलाई निर्धारित समयमा सम्पर्क गर्न आग्रह गर्दै खेल सञ्चालनमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ।


टिप्पणी लेख्नुहोस्