लेख विवरण

एनआरएनए नागोयाले 'एनआरएनए डे' को अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्दै

एनआरएनए नागोयाले 'एनआरएनए डे' को अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्दै

काठमाडौं/नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् नागोयाले NRNA DAY & Futsal Meet Up 2025 आयोजना गर्ने भएको छ।

युवा देखि अग्रजसम्मलाई लक्षित गर्दै, आपसी भाईचारा, सद्भाव र सामीप्यताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने सो कार्यक्रम अक्टोबर ११, २०२५ मा हुनेछ। कार्यक्रममा सहभागीहरूले फुटसल खेलको माध्यमबाट न केवल खेलकुदको रमाइलो अनुभव लिनेछन्, तर एनआरएनएको सन्देश र मातृभूमिसँगको संवाद पनि सँगै लिन सक्नेछन्।

कार्यक्रमको विशेष जानकारी अनुसार, फुटसल खेल्न आउने सबै सहभागीहरूले फुटसल सुज (Futsal Shoes) अनिवार्य साथमा ल्याउनु पर्नेछ।

एनआरएनए नागोयाका पदाधिकारीहरूले कार्यक्रम मार्फत सबै नेपाली समुदायलाई आपसी सद्भाव र सामीप्यताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमले एनआरएनएको युवा केन्द्रित गतिविधिलाई अझ प्रोत्साहन गर्ने र समुदायमा आपसी मेलमिलाप र मैत्रीपूर्ण वातावरण सृजना गर्ने अपेक्षा गरिएको छ।

May be an image of 1 person, playing football and text that says "NRNA Proudly Presents NRNA DAY & FUTSAL MEETUP DATE: 11TH OCTOBER, 2025 (SATURDAY) TIME: 12:00PM- 12:00PM-16:00PM 16:00PM Wakamiya WakamiyaFutsalParl Futsal Park 愛知県名古屋市中区大須3丁目2-1 NRNA JAPAN 丈。 ORGANIZED 1750 By: NRNA JAPAN REGIONAL COMMITTEE OY CONTACT FOR MORE INFO: Nawaraj Chhetri 080-2601-0802 0802 Pujan Manandhar 080 080 2601- 3722 3722-4394 4394"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.