फिफाद्वारा मलेसिया फुटबल संघलाई भारी जरिवाना, सात खेलाडी १ वर्षका लागि निलम्बित
काठमाडौंँ। फुटबलको सर्वोच्च निकाय फिफाले नक्कली कागजात प्रयोग गरी प्राकृतिकरण प्रक्रियामार्फत मलेसियाका लागि खेल्ने प्रयास भएको खुलासा भएपछि मलेसिया फुटबल संघ (FAM) र सात खेलाडीलाई कडा कारबाही गरेको छ।
फिफाको अनुशासन समितिले फिफा अनुशासन संहिता धारा २२ अन्तर्गतको उल्लंघनका आधारमा FAM लाई CHF ३५०,००० जरिवाना लगाएको छ। यससँगै सात खेलाडीलाई CHF २,००० जरिवाना र १२ महिनासम्म फुटबलसम्बन्धी सम्पूर्ण गतिविधिबाट प्रतिबन्ध लगाइएको हो।
प्रतिबन्धित खेलाडीहरू:
-
गेब्रियल फेलिपे आरोचा
-
फाकुन्डो तोमास गार्सेस
-
रोड्रिगो जुलियन होलगाडो
-
इमानोल हाभियर माचुका
-
जोआओ भितोर ब्रान्डाओ फिग्वेरेदो
-
जोन इराजाबाल इराउर्गुई
-
हेक्टर अलेजान्द्रो हेभेल सेर्रानो
फिफाले उनीहरूको मलेसियाका लागि खेल्ने योग्यतासम्बन्धी विषयलाई फिफा फुटबल ट्रिब्युनलमा पठाएको छ।
यसैबीच, FAM र खेलाडीहरूले यो निर्णयविरुद्ध १० दिनभित्र अपील गर्न सक्नेछन्।
यो घटनालाई अन्तर्राष्ट्रिय फुटबलमा प्राकृतिकरण र कागजात दुरुपयोग रोक्न फिफाले चालेको ठुलो कदमका रूपमा लिइएको छ।

टिप्पणी लेख्नुहोस्