लेख विवरण

नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशन सौराहामा सम्पन्न

नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशन सौराहामा सम्पन्न

सौराहा (चितवन), असोज १२ ।
नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशन शनिबार चितवनको सौराहामा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य जगत बहादुर धामीले गरेका थिए।

चुनावी अधिवेशनबाट महासचिव दीपराज गुरुङको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

निर्वाचित पदाधिकारीहरूको विवरणः

  • अध्यक्ष : दीपराज गुरुङ

  • उपाध्यक्ष : भान बहादुर चन्द, नन्द कुमार राई, दिल बहादुर ओली

  • कोषाध्यक्ष : कासिम मिया

  • सदस्यहरू : टिका प्रसाद लिम्बु, रवि थापा, मदन केसी, कोशिश खड्का, श्रीमान थापा मगर, नन्दा बस्याल, गुरु प्रसाद गौतम, सुमन पराजुली, रामचन्द्र श्रेष्ठ, कुमार लामा घिसिङ, विजय कुमार न्यौपाने, बब्लु शिवाकोटी, हेमन्त डाँगी, प्रेम बहादुर भण्डारी

यसअघि २०७८ साल असोज १६ गते भैरहवामा सम्पन्न अधिवेशनबाट प्रकाश शम्शेर राणाको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित भएको थियो। सो समितिको कार्यकाल असोज १५ गते सम्पन्न हुँदैछ।

सौराहा थारु भिलेज प्रा.लिमा सम्पन्न निर्वाचनमा सातै प्रदेश, ५८ वटै जिल्ला तेक्वान्दो संघ तथा २३ जना केन्द्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। निर्वाचनका सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन्।

निर्वाचन सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। समितिले आजै नव निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ।

उद्घाटन सत्रमा निवर्तमान जिल्ला तेक्वान्दो संघका अध्यक्षसहित खेलकुदमा योगदान गर्ने व्यक्तित्वलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो। साथै, दुई दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय अन्नपूर्ण मिडिया ग्रुपका वरिष्ठ सञ्चारकर्मी एवं लेखक विष्णु थापालाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न जनप्रतिनिधि, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, नेपाल फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मी तथा संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.