जापान ओपन टेनिस : कार्लोस अल्कारेजले टेलर फ्रिट्जलाई हराउँदै उपाधि जिते
टोक्यो – स्पेनका शीर्ष र्याङ्किङ खेलाडी कार्लोस अल्कारेजले उत्कृष्ट प्रदर्शन गर्दै जापान ओपन टेनिसको उपाधि आफ्नो नाममा लेखेका छन्। मंगलबार भएको फाइनलमा अल्कारेजले विश्वको पाँचौं नम्बरका खेलाडी टेलर फ्रिट्जलाई ६-४, ६-४ सेटमा पराजित गरे।
यो जितसँगै अल्कारेजले यस सिजनको आठौं एकल उपाधि जितेका छन् भने करिअरको कुल २४औं उपाधि हासिल गरेका छन्। गत हप्तामात्र लीभर कपमा उनी फ्रिट्जसँग सोझो सेटमा पराजित भएका थिए।
अल्कारेजको शानदार सिजन
-
हालसम्म सिजनमा उनको जित–हारको रेकर्ड ६७-७ बनेको छ, जुन टुरमा सबैभन्दा उत्कृष्ट हो।
-
मार्चदेखि लगातार ९औं फाइनल खेलेका अल्कारेजको फाइनल रेकर्ड अहिले ७-२ रहेको छ।
-
यो जितसँगै उनले सिजनको अन्त्यमा विश्व नम्बर १ स्थानतर्फ थप कदम बढाएका छन्।

टिप्पणी लेख्नुहोस्