लेख विवरण

महिला विश्वकप २०२५ : अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

महिला विश्वकप २०२५ : अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

इन्दौर – आईसीसी महिला विश्वकप २०२५ को शानदार सुरुवात भइसकेको छ। उद्घाटन खेलमा भारतले श्रीलंकालाई ५९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। अब दोस्रो खेलमा विश्व च्याम्पियन अष्ट्रेलिया महिला टोली र न्युजिल्यान्ड महिला टोली आमने–सामने हुँदैछन्।

वनडे महिला अन्तर्राष्ट्रिय इतिहासमा दुवै टिमबीच हालसम्म ३२ खेल भएका छन्। जसमा अष्ट्रेलियाले ३० मा जित हात पार्दा न्युजिल्यान्डले मात्र २ खेल जित्न सकेको छ। पछिल्ला १० खेलमा पनि न्युजिल्यान्डले अष्ट्रेलियामाथि कुनै जित हासिल गर्न सकेको छैन।

सम्भावित प्लेइङ ११

अष्ट्रेलिया महिला:
एलिसा हीली (कप्तान/विकेटकिपर), जर्जिया वोल, एलिस पेरी, बेथ मूनी, फोएबे लिचफिल्ड, एशले गार्डनर, ताहलिया म्याकग्रा, जर्जिया वेयरह्याम, अलाना किंग, किम गर्थ, मेगन स्कुट।

न्युजिल्यान्ड महिला:
सूजी बेट्स, जर्जिया प्लिमर, एमेलिया केर, सोफी डिभाइन (कप्तान), ब्रुक हलिडे, म्याडी ग्रिन, इसाबेला कोमेदी (विकेटकिपर), जेस केर, फ्लोरा डेभोन्शायर, ब्रि इलिङ, ली ताहुहु।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.