महिला वनडे विश्वकपमा भारतको विजयी शुरुवात
गुवाहाटी – भारतीय महिला क्रिकेट टिमले महिला वनडे विश्वकपमा विजयी सुरुवात गरेको छ। मंगलबार गुवाहाटीस्थित बारसापारा स्टेडियममा भएको उद्घाटन खेलमा भारतले श्रीलंकालाई ५९ रनले पराजित गर्यो।
२७१ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमै २११ रनमा अलआउट भयो। श्रीलंकाकी कप्तान चमारी अटापट्टुले सर्वाधिक ४३ रन जोडिन्। भारततर्फ दीप्ति शर्माले ३ विकेट लिई चम्किइन् भने स्नेह राणाले २ विकेट हात पारिन्।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले वर्षाको कारण छोट्याइएको ४७ ओभरमा ८ विकेटको क्षतिमा २६९ रनको योगफल बनाएको थियो। डिएलएस मेथडअनुसार स्कोरमा १ रन थपिएर श्रीलंकालाई २७१ रनको लक्ष्य दिइएको थियो।
श्रीलंकातर्फ इनोका राणावीरा सर्वाधिक सफल बलर रहिन्, उनले ४ विकेट झारिन्।

टिप्पणी लेख्नुहोस्